हाम्रो परिचय

परम्परा, पहिचान, शिक्षा र सहकार्यको साझा संस्था

ब्राह्मण समाज नेपाल संस्कृति संरक्षण, सामुदायिक एकता, सामाजिक सेवा र सहकार्यका लागि समर्पित संस्था हो।

हाम्रा मूल मान्यता

ब्राह्मण समाज नेपाल अनुशासन, सेवा, सम्मान, इमानदारी, सांस्कृतिक जिम्मेवारी र एकताका मूल्यमा आधारित संस्था हो। हाम्रो व्यवहार, सोच र सामाजिक भूमिकामा यी मान्यताहरू प्रतिबिम्बित हुनु आवश्यक छ।

संस्थाका प्रमुख उद्देश्यहरू

ब्राह्मण समाज नेपाल मानव मात्रको कल्याण र उत्थानका लागि वैदिक सनातन ऋषिमुनिहरूको योगदानलाई स्मरण गर्दै निम्न उद्देश्यहरू लिएर अगाडि बढेको छ।

धार्मिक एवं सांस्कृतिक संरक्षण

वैदिक सनातन धर्म-दर्शनका शाश्वत कल्याणकारी सिद्धान्तका आधारमा समाजका व्यक्तिहरूको आचार-विचार र चरित्र शुद्धिमा विशेष जोड दिने।

संस्कृत एवं ज्ञानको प्रसार

हाम्रा पूर्वज ऋषिमुनिहरूले आर्जन गरेको ज्ञानराशि र वैज्ञानिक चिन्तन संस्कृत भाषामा सुरक्षित भएकाले उक्त भाषाको विकास, पठनपाठन र अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याउने।

मठ-मन्दिर र तीर्थस्थल संरक्षण

धार्मिक एवं सांस्कृतिक महत्व भएका वृक्ष-वन्स्पति जस्तै वर, पीपल, तुलसी, रुद्राक्ष, नीम आदि रोप्ने र संरक्षण गर्ने।

राष्ट्रिय एकता र सद्भाव

नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र नेपालीहरूको जातीय स्वाभिमानको संरक्षणका लागि सबै जातजातिबीच सहअस्तित्व र सद्भाव कायम राख्ने।

आर्थिक उत्थान

अभाव र अशिक्षाका कारण पछाडि परेका ब्राह्मण सन्ततिहरूलाई विशेष अवसर प्रदान गर्ने उद्देश्यले विभिन्न चेतनामूलक तथा सीपमूलक साना उद्योगहरू सञ्चालन गर्ने।

सामाजिक सेवा

असहाय, अनाथ, वृद्ध, अपाङ्ग, एकल महिला वा पुरुषलाई सहयोग पुर्‍याउन सहायता केन्द्र, अनाथालय, वृद्धाश्रम र स्वावलम्बन संस्थाको व्यवस्था गर्ने सहयोग पुर्‍याउने।

संस्थापक कार्यसमिति

प्रा. डा. नारायणप्रसाद अधिकारी
अध्यक्ष

श्री लक्ष्मीप्रसाद संग्रौला

सह-अध्यक्ष

श्रीमती मायादेवी पाठक

वरिष्ठ उपाध्यक्ष

श्री रोमणिप्रसाद पाठक

महासचिव

श्री पुष्पराज तिम्सिना
कोषाध्यक्ष

श्री महेश पराजुली

 उपाध्यक्ष

श्री भवकृष्ण खतिवडा
उपाध्यक्ष

श्री ओम शर्मा चापागाईं
केन्द्रीय सचिव

प्रशिक्षण तथा कार्यक्रमहरू

ब्राह्मण समाज नेपालले धार्मिक, सांस्कृतिक, नैतिक र सामाजिक चेतनालाई सुदृढ बनाउन विभिन्न प्रशिक्षण तथा कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ। यी कार्यक्रमहरूले व्यक्तित्व विकास, संस्कार संरक्षण, ज्ञान प्रवर्द्धन र सामुदायिक जागरणमा सहयोग पुर्‍याउँछन्।

1190482898_shraddha

कर्मकाण्ड प्रशिक्षण

पूजापाठ, संस्कार र धार्मिक विधि सही रूपमा सम्पन्न गर्ने सीप विकास।

1637397415_Changragiri-Ramdev

योग प्रशिक्षण

स्वस्थ शरीर, सन्तुलित मन र अनुशासित जीवनशैलीका लागि योग अभ्यास।

1610602965_yoga-1200x560

ध्यान साधना प्रशिक्षण

एकाग्रता, मानसिक शान्ति र आन्तरिक चेतना विकासका लागि ध्यान अभ्यास।

शास्त्रपाठ अध्ययन

वेद, शास्त्र र धार्मिक ग्रन्थको अध्ययन, पाठ र व्याख्यामार्फत ज्ञान परम्परालाई जीवित राख्ने कार्यक्रम। यसले शास्त्रीय ज्ञान बुझ्न र सांस्कृतिक चेतना बढाउन सहयोग पुर्‍याउँछ।

Janai_Purnima-1536x9561629596666

यज्ञोपवीत सम्बन्धी प्रशिक्षण

यज्ञोपवीतको धार्मिक महत्व, परम्परा, प्रयोग, तयारी तथा सम्बन्धित संस्कारबारे व्यवहारिक र सैद्धान्तिक जानकारी प्रदान गर्ने विशेष प्रशिक्षण।

V06aTcDxZ_TKfJbttgnPsR3vMHw-3nwk5tn6h061Q5jEEbZ6xzOeotSHCMH-WTOQvcHpywNA0IrVO1XYhFU_9w

योग प्रशिक्षण

धार्मिक, सांस्कृतिक र नैतिक मूल्यबारे समाजमा सही जानकारी, जागरण, प्रचारप्रसार र सकारात्मक सहभागिता बढाउने अभिमुखीकरण तथा कार्यक्रमहरू।

सदस्यता प्रकारहरू

सदस्यताको प्रकारशुल्क (रु.)विशेषता
साधारण सदस्यरु. १०० (नवीकरण रु. ५१)प्रतिवर्ष नवीकरण
आजीवन सदस्य रु. १,५०० एकमुष्ट नवीकरण आवश्यक छैन
सम्मानित सदस्य रु. ५,००० एकमुष्ट विशेष मान्यता
श्रेयस्कर सदस्य रु. २५,००० एकमुष्टउच्च सम्मान
विशिष्ट सदस्य रु. १,००,००० एकमुष्टविशिष्ट पहिचान
दानवीर सदस्य रु. २,५०,००० एकमुष्ट दानवीर सम्मान
परम दानवीर सदस्यरु. ५,००,००० एकमुष्टसर्वोच्च सम्मान